मोबाइल चार्ज गरिहाल्नुस, आज चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा आपूर्ति प्रभावित हुन सक्ने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने जनाएको छ । जसअनुसार चन्द्रागिरि नगरका क्षेत्रमा पनि विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था समेत गरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *