काठमाडाैं क्षेत्र नं. १० बाट नेपाली काँग्रेस महासमिति सदस्यमा को-को चयन भए ?

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको काठमाडाैं जिल्ला क्षेत्र नं. १० बाट महासमिति सदस्यमा सबै सदस्य सर्वसम्मत चयन भएका छन् ।

नेपाली काँग्रेसले यस क्षेत्रबाट महा-समिति सदस्यमा बागमति प्रदेशका सभा सदस्य यमुनादेवी श्रेष्ठ, कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मी, धर्म राज के.सी., ईश्वर लामा, दिपेन्द्र आचार्य, बद्रिलाल महर्जन, लक्ष्मी रावल, अमृका बलामी, स्याम बहादुर कार्की, सीता के.सी. र तारा बुढाथोकी सर्वसम्मत चयन भएका हुन् ।

काठमाडाैं क्षेत्र नं. १० मा दक्षिणकाली नगर, कीर्तिपुर नगर र चन्द्रागिरि नगरका वडा नं. २ देखी ११ सम्मका वडा पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *