नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल २ मतले विजयी

Thankot Times

थानकोट । 

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

उनी दुई मतले विजयी भएका हुन् ।
 
गएराति सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । 

कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । 

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् । 

1-1693958387.jpg


Leave a Reply

Your email address will not be published. Required fields are marked *