चित्लाङको साैर्य उर्जा मुख्य विद्युत प्रणालीमा जोडियो
थानकोट ।
मकवानपुरको थाहा नगरपालिका ०९ चित्लाङमा निर्माणाधीन मदन भण्डारी विश्वविद्यालयमा जडान भएको सोलारमार्फत उत्पादन भएको बिजुली पालुङ वितरण केन्द्रको विद्युत प्रणलीमा जोडिएको छ ।
पालुङ वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत सो विश्वविद्यालय परिसरमा जडान गरिएको ५ सय किलोवाट क्षमताको सोलार प्रणालीबाट उत्पादित बिजुली नेट मिटरिङको माध्यममार्फत पालुङ वितरण केन्द्रको ११ के भि सिस्टममा जडान भएको पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले जानकारी दिए ।
पालुङ वितरण केन्द्रको प्रणालीमा जोडिएपछि वितरण केन्द्रको विद्युत सप्लाईमा सुधार हुने तथा प्राविधिक चुहावट समेत कम हुनेपनि प्रमुख रास्कोटीले बताए ।












