श्रीकृष्ण जन्माष्टमीको बिदाका दिन कलंकीचोकमा पास बिना सरकारी गाडी गुडेको फेला परेपछि..

Thankot Times

थानकोट ।

श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएकाे भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विराेध जनाएको छ।

युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेकाे हाे। युवा संघले बुधबार काठमाडौंकाे कलंकी, बालाजु, बानेश्वर  र भक्तपुरकाे सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेकाे हो।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले कलंकीमा युवाहरू जम्मा भई बिना पासका सवारी साधन राेकी कलंकी ट्राफिकलाई बुझाएका छन्।

राष्ट्रिय युवा संघ नेपालका साइबर सर्कल विभाग प्रमुख अजित लामाले देशभर यस्ता विकृति र विसंगतिविरूद्ध  देशभर कडा कदम चाल्ने र नियन्त्रण अभियान सुरू भएकाे बताए। 

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी अध्यक्ष दिपेश सुधाकारले बिना पास सरकारी सवारी साधन चलाउने १३ वटा सवारी साधन र दुइटा माेटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएकाे बताए।

युवा संघले सवारी साधन नियन्त्रणमा लिन थालेपछि थप क्षति हुन नदिन प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल सडकमा देखिएका थिए।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *