वडाध्यक्षको निधनमा भोलि शुक्रबार काठमाडाैं महानगरमा शोक बिदा
थानकोट ।
काठमाडौं महानगरपालिकाले वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा दिएको छ।
महानगरका विभागीय प्रमुख दिपक अधिकारीले विज्ञप्ति जारी गर्दै भदौ २२ गते शुक्रबार महानगरभर शोक बिदा दिइएको हो ।
उनका अनुसार काठमाडौं महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको हो ।
वडाध्यक्ष रिजालको उपचारको क्रममा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा बिहीबार बिहान निधन भएको थियो । उनको बिहीबार नै अन्त्येष्टी गरिएको छ ।













