कीर्तिपुर वडा नं. ४ सहित मुलुकका १७ वडाका अध्यक्ष पद रिक्त, वैशाखमा उपनिर्वाचनको तयारी

Thankot Times

थानकोट ।

प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

गत वर्ष वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मङ्सिरमा भएको आम निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त भएको पाइएको हो ।

निर्वाचन आयोगको सूचीमा अधिकांशको मृत्युको कारण पद रिक्त भएको देखिन्छ ।

२१ पद रिक्त पदमध्ये कांग्रेसका १२ स्थान, एमालेका ४, माओवादी ४ र स्वतन्त्र एक रहेका छन् । 

कीर्तिपुर नगरपालिका-४ बाट स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका श्याम अधिकारी गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी उपचारका क्रममा बैशाख १० गते दिवंगत भएका थिए । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनबारे सरकारसँग छलफल भइरहेको बताउँदै बैशाख महिनामा उपनिर्वाचनको सम्भावना प्रतिक्रिया दिए, रातोपाटीमा खबर छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *