नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष बन्न आकांक्षीको लर्को, को-को छन् चर्चामा ?

Thankot Times

थानकोट ।

नेकपा एमालेको बागमती प्रदेश कमिटिको अध्यक्षको लागि आधा दर्जन बढी नेताहरुको नाम चर्चामा आएको छ ।

आगामी असोज ८ र ९ गते नेकपा एमालेको बागमती प्रदेश कमिटिको पहिलो अधिवेशन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदेश कमिटिको पहिलो अधिवेशनको आधिकारिक लोगो तयार गरी प्रचार प्रसारको काममा पार्टी कमिटि अघि बढेको छ ।

अध्यक्ष बन्न पार्टीको पोलिटव्यूरो सदस्यले पनि आकांक्षा देखाएका छन् ।

एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य भक्तपुरका महेश बस्नेत सम्मको चर्चा रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डप उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ । 

एमाले बागमती प्रदेश कमिटिका उपसचिव महेश बर्तौलाका अनुसार अधिवेशनका लागि भदौ २७ गतेभित्र प्रतिनिधि चयनको कार्यतालिका रहेको छ । प्रदेशको ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको उनले बताए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *