बागमती प्रदेश सभामा ४ वटा विधेयक पेस

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभामा ४ वटा विधेयकहरू पेस भएका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा बागमती प्रदेश सरकारका तर्फबाट ४ वटा विधेयकहरू संसदमा पेस गरिएको हो ।

प्रदेश सभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरेका थिए ।

यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका थिए ।

त्यस अघि प्रदेशसभाको शून्य समयमा सांसदहरूले धारणा राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *