मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
थानकोट ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दैछ ।
बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो ।
बैठकले संविधानसभा दिवंगत अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।












