मन्त्रिपरिषद् बैठकले गरेका पछिल्ला २३ निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक भएका छन् । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्नेसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ। सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारले दसैं, तिहार र छठलाई केन्द्रित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने  निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *