१९औं एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन (तस्बिरहरु)

Thankot Times

थानकोट ।

शनिबार साँझ १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ ।

चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे ।

चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुभयाे ।

केही खेलहरु यसअघि नै शुरु भइसकेका भए पनि औपचारिक उद्घाटन हिजो शनिबार भएकाे हाे । उद्घाटन समारोहका लागि हान्झाउलाई झकिझकाउ पार्नुका साथै त्यहाँको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतारेर प्रस्तुत गरिएको थियो ।

एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ ।

प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ ।

सो खेल उत्सवमा प्रतिस्पर्धा गर्न नेपालबाट २३४ जना खेलाडी चीन पुगेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका सामाजिक सञ्जालबाट साभार गरिएका तस्बिरहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *