१९औं एसियाड: महिला फुटबलमा आज नेपालले जापानको सामना गर्ने

Thankot Times

थानकोट ।

१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ।

खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे बजेदेखि हुनेछ।। समूह डी मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २-० गोल अन्तर पराजित भएको थियो।  त्यस्तै जापानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८-० गोल अन्तरले पराजित गरको थियो।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ।​

एसियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *