इन्द्रजात्रा हेर्न नेपाल आइपुगेका चिनियाँ पाहुनाहरूलाई नगर क्षेत्रमा घुमाउँदै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट । 

बिहीबार हुने इन्द्रजात्रा अवलोकनका गर्न चिनियाँ पाहुना टोली काठमाडौं आइपुगेको छ।

काठमाडौं महानगरपालिकाको निमन्त्रणमा इन्द्रजात्रा अवलोकन गर्न पहिलोपटक विदेशी पाहुना राजाधानी काठमाडाैं आइपुगेकाे हाे।

चीनको चङ्चौ नगरपालिकाको प्रतिनिधिमण्डल मंगलबार दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको काठमाडाैं महानगरपालिकाका अधिकारीहरूले जनाएका छन्।

चिनियाँ विदेश मामिला कार्यालयका उपनिर्देशक लिउ होङ, चङ्चौको जनसंगठनका उपाध्यक्ष तोङ वेइचुन सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०१ मा काठमाडाैं आएका हुन्।

चिनियाँ पाहुना टोलीकाे आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था काठमाडौं महानगरले मिलाउनेछ।

उनीहरू ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरि नगरपालिकाको समन्वयमा चन्द्रागिरि क्षेत्रको अवलोकन भ्रमण गराउने योजना छ।

चीनका अन्य नगरपालिका र विभिन्न मुलुकका पाहुनाझैँ उनीहरूले इन्द्रजात्राको विशेष समारोहको अवलोकन गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ