यु-१९ साफ च्याम्पियनसिप २०२३ः घरेलु टोली नेपाललाई सडेन डेथमा स्तब्ध बनाउँदै भारत फाइनलमा
थानकोट ।
काठमाडाैंमा जारी साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो ।
यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
भारतले २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए । तर खेलको ७४औं मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काएका थिए ।
अब उपाधीका लागि भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
पाकिस्तान बुधबार नै सम्पन्न पहिलो सेमीफाइनलमा भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।












