यस्ताे छ चन्द्रागिरि अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिताकाे रुट
थानकोट ।
एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह आयोजनामा असाेज १३ गते शनिबार हुने अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ ।
प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियरतर्फ महिला तथा पुरुषको ५ कि.मी. गरी ४ विधामा व्यक्तिगत, टिम र समष्टिगत रूपमा खेलाडीहरूलाई प्रतिस्पर्धा गराइने रुट सार्वजनिक भएकाे जसअनुसार १० किलोमिटर रुट
चन्द्रागिरि नगरपालिकाकाे कार्यालयबाट सुरु भई गुर्जुधारा- १० नम्बर टाेल – मातातीर्थ – चेकपोस्ट – थानकोट गाेदाम – नागढुङ्गा सुरुङ मार्गकाे पूर्वी द्वार – दहचाेक सृजना चाेक – बलम्बु हुँदै चन्द्रागिरि नगरपालिकाकाे कार्यालयमा पुगेर सकिनेछ।
यसैगरी, ५ किलोमिटर दाैड चन्द्रागिरि नगरपालिकाकाे कार्यालयबाट सरु भई बलम्बु बुद्ध पाेखरी – वडा नं.१२ काे कार्यालय – डिआईजी फुटसल – जमुनापाटी – पाैडी पाेखरी – दहचाेक – सृजना चाेकहुँदै चन्द्रागिरि नगरपालिकाकाे कार्यालयमा पुगेर सकिनेछ ।
रुट हेर्नुहाेस:

बिहान ८ः३० बजेबाट सुरु हुने प्रतियोगितामा सहभागीहरू बिहान ८ बजे प्रतियोगितास्थल पुग्नुपर्ने बताइएको छ।
यस्ताे छ चन्द्रागिरि अन्तर नगरपालिका क्रस कन्ट्री दाैड प्रतियोगिताका नियमहरु:

यसैबीच चन्द्रागिरि नगरपालिकाले नगरमा पहिलोपटक आयाेजना हुन लागेको क्रस कन्ट्री दाैड प्रतियोगितामा सहभागीताका लागि अनुराेध गरेको छ ।
नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले प्रतियोगिता व्यवस्थित रुपमा सञ्चालन गर्न सबै नगरबासीहरुकाे सहयोग आवश्यक रहेकाे बताउनु भएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरूले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । यस्तै जुनियर व्यक्तिगततर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
यस्तै सिनियरतर्फ टिम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने प्रवक्ता खड्गीले जानकारी दिनुभयो ।
प्रतियोगितामा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी करिब ३०० खेलाडीहरूले सहभागिता जनाउने विश्वास गरिएको छ । प्रतियोगिताको खर्च करिब २० लाख लाग्ने अनुमान गरिएको प्रवक्ता खड्गीले बताउनुभयो ।












