चन्द्रागिरि नगरमा रेबिज रोग नियन्त्रण प्रयास, वडा-वडामा सुरू भयो भ्याक्सिन अभियान

Thankot Times

थानकोट ।

विश्व रेविज दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिकाले वडागत रूपमा सो रोग नियन्त्रणको प्रयास सुरु गरेको छ । 

विश्व रेविज दिवसको अवसर पारेर चन्द्रागिरि नगरको पशु सेवा केन्द्रले बिहीबारबाट वडागत रूपमा रेबिज विरूद्धको खोप अभियान सुरु गरेको हो । 

जस अनुसार घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क खोप लगाउन थालिएको नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए ।

अभियानको पहिलो दिन आज बिहीबार नगरको पशु सेवा केन्द्र चन्द्रागिरि नगरपालिका-१२ बलम्बु क्षेत्रका घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क खोप लगाइएको पशु सेवा केन्द्र प्रमुख बद्री पाैडेलले जानकारी दिए ।

चन्द्रागिरि नगरमा घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क खोप अभियान नगरका सबै वडाहरूमा केन्द्रीत हुनेछ । ती अभियान नगरका सबै वडा कार्यालयहरूमा हुने नगरको पशु सेवा शाखाले जनाएको छ । 

यस्तो छ चन्द्रागिरि नगरमा घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क खोप अभियान तालिकाः  


Leave a Reply

Your email address will not be published. Required fields are marked *