१ लिटर पेट्रोल बिक्री गरेबापत पेट्रोल पम्पलाई ६ रुपैयाँ १४ पैसा दिन्छ आयल निगम
थानकोट ।
तपाँई हामीले नियमित रूपमा सवारी साधनमा इन्धन भर्ने गर्दछाैं ।
नजिकैको पेट्रोल पम्पमा हामीले पेट्रोल, डिजेल सवारी साधनमा राखेको प्रतिलिटरका दरले हामी शुल्क बुझाउने गर्दछाैं । हाम्रा सवारी साधनमा पेट्रोल डिजेल भरिदिए बापत पेट्रोल पम्पहरूले कति पैसा कमाउलान् ?
नेपाल आयल निगमले ती पेट्रोल पम्पहरूलाई इन्धन बिक्री गरेको अनुपातमा निश्चित रकम दिने गरेको छ । दैनिक हजाराैं लिटर इन्धन बिक्री गर्ने पेट्रोल पम्पहरूले प्रतिलिटर पेट्रोल बिक्री बापट ६ रुपैयाँ १४ पैसा पेट्रोल पम्पहरुलाई दिन्छ ।
यसैगरी, १ लिटर पेट्रोल ढुवानी गरेबापत इन्धन ट्यांकरहरूका लागि आयल निगमले ढुवानी भाडाबापत मात्रै ६ रुपैयाँ २४ पैसा तिर्ने गरेको छ ।











