बझाङमा लगातार भूकम्पका धक्का, तीन घण्टामा सातपटक गयो भूकम्प, कम्तीमा ८ जना घाइते

Thankot Times

थानकोट। 

पश्चिम नेपालको बझाङ जिल्लामा लगातार पाँच म्याग्निच्युडका दुईवटा भूकम्प मापन गरिएको छ ।

अपराह्न ५ बजेर १९ मिनेट जाँदा बझाङको हेमन्तवाडा आसपास र ५ बजेर ३७ मिनेट जाँदा धमेना आसपास केन्द्रविन्दु भएर गएको ५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसअघि अपराह्न ४ बजेर ३१ मिनेट जाँदा हेमन्तवाडा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको थियो ।

आज एकैदिन बझाङमा तीन घण्टाको अवधिमा सातपटक भूकम्प गइसकेको छ ।

आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि चैरपुर आसपास केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दिउँसो ३ बजेर ४५ मिनेट जाँदा सुर्मा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको गएको थियो । 

त्यसपछि ४ बजेर २८ मिनट जाँदा फेरि तलकोट केन्द्रविन्दु बनाएको ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

बझाङ भूकम्पमा अहिलेसम्म आठजना घाइते भएको पुष्टि भएको छ । 

मष्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा ८ जना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ