आज र भोलि मनकामना केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

चितवनस्थित मनकामना केबलकार सेवा आज र भोलि बन्द रहने भएको छ ।

नियमित मर्मत कार्यका लागि लगातार २ दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना केबलकार प्रा.लि.ले जनाएको छ।

गोरखास्थित मनकामना मन्दिर क्षेत्र पुग्नका लागि दैनिक दशाैं हजार स्वदेशी तथा विदेशीहरूले केबलकार प्रयोग गर्ने गर्दछन्।

असोज १९ गते शुक्रबारबाट भने केबलकार नियमित रूपमा सञ्चालन हुने मनकामना केबलकार प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ