छैटाैं नैकाप गोल्डकप फुटबल प्रतियोगिताको तिथि नजिकिंदै गर्दा जुट्दै सहयोगी हातहरू
थानकोट।
चन्द्रागिरि नगरकै प्रमुख फुटबल उत्सव नैकाप गोल्डकपको छैटाैं संस्करणको प्रतियोगिता मिति नजिकिंदै गर्दा सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीले जनाएको छ ।
चन्द्रागिरि नगरपालिका-१४ स्थित नैकाप फुटबल मैदानमा सञ्चालन हुने छैटाैं संस्करणको नैकाप गोल्डकप प्रतियोगिताको उद्घाटन खेल असोज २७ गते शनिबार उद्घाटन र फाइनल खेल कार्तिक २५ गते शनिबार खेलाइने तालिका रहेको छ ।
हिजो (मंगलबार) सम्म प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी, उच्च गोलकर्ता, सर्वोत्कृष्ठ गोलरक्षक, सर्वोत्कृष्ठ डिफेन्डर, चन्द्रागिरि स्पोर्टस् अवार्ड तथा सेमी फाइनलिष्ट २ टिम मध्ये १ टिमका लागि प्रायोजन सुनिश्चित भएको चन्द्रागिरि स्पोर्ट्स एकेडेमीले जनाएको छ ।
प्राप्त विवरणहरू अनुसार प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडीका लागि ईञ्जिनियर बरूण केसीले प्रायोजन गर्ने भएका छन् । यसैगरी उच्च गोलकर्ताको पुरस्कार नेपालय कलेजले प्रायोजन गर्ने भएको छ। सर्वोत्कृष्ठ गोल रक्षकको उपाधी नैकाप पार्टी प्यालेसका दिलिप खत्रीले प्रायोजन गर्ने जनाइएको छ । इन्द्रस्थानस्थित कुहिरो डाँडा एग्रो एण्ड रेस्ट हाउसले उत्कृष्ठ डिफेन्डरका लागि पुरस्कार प्रायोजन गर्ने भएको छ ।
नैकाप गोल्डकपको छैटाैं संस्करणमा व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन्।
यसैगरी प्रतियोगिताको सेमीफाइनलबाट बाहिरिने २ टिमले ५० हजार रूपैयाँका दरले पाउने प्रोत्साहन रकम मध्ये १ टिमका लागि चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले प्रायोजन गर्ने घोषणा गरेका छन् ।
यस्तै चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने ५० हजार रूपैयाँ पुरस्कार राशिको चन्द्रागिरि स्पोर्टस् अवार्ड चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडाध्यक्ष शम्भुकुमार केसीले प्रायोजन गर्ने बताइएको छ ।
२० हजार रूपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागिताका लागि इच्छुक फुटबल क्लबले असोज २४ गतेभित्र टिम दर्ता गर्नुपर्ने आयोजक संस्थाले जानकारी दिएको छ।
३२ टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिए ।
पाँच लाख रूपैयाँ पुरस्कार राशीको नैकाप गोल्डकप फुटबल प्रतियोगिता असोज २७ गतेबाट












