यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
थानकोट ।
सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मंगलवार बसेको बैठकका निर्णयहरु बुधबार सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडलाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदान बापत कुल ७ लाख ७५ हजार ५३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको बताइन् ।
यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय













