१९औं एसियाडः कराँते खेलाडी चन्द्रागिरिका स्वनिम मानन्धरले बिहीबार बिहान प्रतिस्पर्धा गर्दै
थानकोट ।
चीनमा जारी १९औं एसियाड अन्तर्गत कराँते खेलका विभिन्न विधामा भोलि बिहीबार प्रतिस्पर्धा हुँदैछ ।
नेपालले कराँते खेलबाट पदक आशा राखेको छ ।
नेपालबाट जारी एसियाली खेल मेलामा कराँते खेलका विभिन्न विधामा ८ जना खेलाडीले स्पर्धा गर्दैछन् ।
चन्द्रागिरि नगरपालिका- ०९ मच्छेगाउँ निवासी उदयीमान खेलाडी स्वनिम मानन्धरले एकल काता विधामा भोलि बिहीबार बिहान ६ः१५ बजे प्रतिस्पर्धा गर्दैछन् ।
पुरुष एकल काता विधाका खेलाडी मानन्धर रहेको पुल बी मा कुवेत, कतार, कोरिया, जापान र भियतनामका खेलाडी रहेका छन् ।
यो समुहबाट ४ जना खेलाडी दोश्रो चरणका लागि चयन हुनेछन् ।
खेल लिनपिङ खेल केन्द्र व्यायामशालामा हुनेछ ।












