१९औं एसियाडः चन्द्रागिरिका कराँते खेलाडी स्वनिम मानन्धरको स्पर्धा सकियो, नतिजा आउन बाँकी
थानकोट ।
चीनमा जारी १९औं एसियाड अन्तर्गत कराँते खेलका विभिन्न विधामा अहिले प्रतिस्पर्धा भइरहेको छ ।
नेपालले कराँते खेलबाट पदक आशा राखेको छ ।
नेपालबाट जारी एसियाली खेल मेलामा कराँते खेलका विभिन्न विधामा ८ जना खेलाडीले स्पर्धा गर्दैछन् ।
चन्द्रागिरि नगरपालिका- ०९ मच्छेगाउँ निवासी उदयीमान खेलाडी स्वनिम मानन्धरले एकल काता विधामा भर्खरै स्पर्धा सकेका छन् । उनले ३८.१० अंक पाएका छन् ।
यो विधामा मानन्धर रहेको पुल बी मा कुवेत, कतार, कोरिया, जापान र भियतनामका खेलाडी रहेका छन् । कुवेत र कतारका खेलाडीपछि स्पर्धा गरेका मानन्धरले ३८.१० अंक पाएका हुन् । यसअघि कुवेतका खेलाडीले ४१.६० तथा कतारका खेलाडीले ३८.०० अंक पाएका छन् ।
यो समुहबाट प्राप्त अंकका आधारमा शीर्ष ४ जना खेलाडी दोश्रो चरणका लागि चयन हुनेछन् ।
खेल लिनपिङ खेल केन्द्र व्यायामशालामा भइरहेको छ ।













