१९औं एसियाडः आफ्नो पुलमा पाँचाै भए चन्द्रागिरिका कराँते खेलाडी स्वनिम मानन्धर

Thankot Times

थानकोट ।

चीनमा जारी १९औं एसियाड अन्तर्गत कराँते खेलका विभिन्न विधामा अहिले प्रतिस्पर्धा भइरहेको छ ।

नेपालले कराँते खेलबाट पदक आशा राखेको छ ।

नेपालबाट जारी एसियाली खेल मेलामा कराँते खेलका विभिन्न विधामा ८ जना खेलाडीले स्पर्धा गर्दैछन् ।

चन्द्रागिरि नगरपालिका- ०९ मच्छेगाउँ निवासी उदयीमान खेलाडी स्वनिम मानन्धरले एकल काता विधामा ३८.१० अंक पाएका छन् ।

यो विधामा मानन्धर रहेको पुल बी मा कुवेत, कतार, कोरिया, जापान र भियतनामका खेलाडी रहेका छन् ।

कुवेत र कतारका खेलाडीपछि स्पर्धा गरेका मानन्धरले ३८.१० अंक पाएका हुन् । यसअघि कुवेतका खेलाडीले ४१.६० तथा कतारका खेलाडीले ३८.०० अंक पाएका छन् । यसैगरी कोरियाका खेलाडीले ४१.६०, जापानका खेलाडीले ४२.९० तथा भियतनामका खेलाडीले ४०.०० अंक पाएका छन् ।

यो समुहबाट प्राप्त अंकका आधारमा शीर्ष ४ जना खेलाडी दोश्रो चरणका लागि चयन भएका छन् ।

खेल लिनपिङ खेल केन्द्र व्यायामशालामा भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *