एकदिवसीय विश्वकप आजदेखि भारतमा सुरु हुँदै, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड बीच हुँदै

Thankot Times

थानकोट ।

एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ ।

यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् । विश्वकपको यस संस्करणमा नेदरल्यान्ड्स एकमात्र एसोसिएट राष्ट्र हो ।

प्रतियोगिताको पहिलो खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशालामा हुनेछ ।

आजको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *