नेपाल ढाका उद्योगका संस्थापक एवं चन्द्रागिरि- ३ का वडाध्यक्ष महर्जनको जीवनी लोकार्पण हुँदै
थानकोट ।
नेपाल ढाका उद्योगका संस्थापक एवं चन्द्रागिरि नगरपालिका-३ थानकोटका वडाध्यक्ष दुर्गालाल महर्जनको जीवन-वृत्तान्त लोकार्पण हुने भएको छ ।
नेपाल ढाका उद्योग प्रा.लिद्वारा प्रकाशित सो पुस्तक साहित्यकार भीमनारायण श्रेष्ठले सम्पादन गर्नुभएको हो ।
सो पुस्तक असोज २१ गते आईतबार मध्यान्ह चन्द्रागिरि नगरपालिका-०७ थानकोटस्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा लोकार्पण हुने वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।












