विश्वकप क्रिकेट: पाकिस्तानको सहज जीत, आज श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुने
थानकोट।
एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित निकालेको छ ।
शुक्रबार बेलुकी भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।
आईसीसी एकदिवसीय विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको फराकिलो जित निकालेको छ ।
शुक्रबार भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २०५ रनमात्र बनाउन सक्यो ।
प्रतियोगिता अन्तर्गत आज खेल हुनेछ । पहिलो खेलमा बंगलादेश र अफ्घानिस्तानबीच हुनेछ । खेल नेपाली समयअनुसार बिहान पाैने ११ बजे धरमशाला क्रिकेट रंगशालामा सुरु हुनेछ ।
दोश्रो खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच स्पर्धा हुनेछ ।












