३ लाख पुरस्कार राशिको दोश्रो मातातीर्थ गोल्डकप आजबाट, उद्घाटन खेल सोल्टी र यूनिकबीच हुने
थानकोट ।
दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना सञ्चालन हुने सो प्रतियोगिताका विजेताले नगद ३ लाख रूपैयाँ तथा शिल्ड पुरस्कार पाउनेछन्।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थ स्थित बालागाउँ मैदान बिहान ११ बजे उद्घाटन कार्यक्रम सुरु हुनेछ भने खेल दिउँसो २ बजे सोल्टी नेपाल र यूनिक फुटबल क्लबबीच हुने तालिका रहेको छ ।
प्रतियोगिताको उद्घाटन सत्रमा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको उपस्थिति रहने मातातीर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।
कार्तिक ३ गते उपाधी छिनोफानो हुने यो प्रतियोगितामा १९ टोलीको सहभागिता रहनेछ । २ समुहमा विभाजन गरिएका सहभागी टोलीहरूबीच नकआउट फुटबल खेलाइनेछ । प्रतियोगितामा सेतीदेवि क्लब दोश्रो चरणमा सिधै चयन भएको छ ।












