चन्द्रागिरि नगर क्षेत्रका असरल्ल तार व्यवस्थापनमा नगरले औजार दिने, सेवा प्रदायकले जनशक्ति

Thankot Times

थानकोट ।

नगर क्षेत्रमा अस्तव्यस्त रूपमा टांगिएका तारहरूको व्यवस्थापन के कसरी गर्ने भन्ने सन्दर्भमा चन्द्रागिरि नगरपालिकामा बसेको सरोकारवालाहरूको बैठकले यथासिघ्र तार व्यवस्थापन गर्ने निष्कर्षमा पुगेको छ ।

हिजो (शुक्रबार) नगरप्रमुखसहित विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सम्मलित सर्वपक्षीय बैठकमा अव्यवस्थित रूपमा टांगिएका तारहरुले  पर्यावरणीय सौन्दर्यतामा ह्रास आउनुका साथै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन सक्ने सम्भावना अधिक रहेकोले अनावश्यक तारहरु निकाल्ने तथा रहेको तारहरुलाई व्यवस्थित तरिकाले क्ल्याम्प गर्न सरोकारवाला सबै सेवा प्रदायक संस्थाहरुलाई मेयर घनश्याम गिरीले निर्देशन दिनुभएको बताइएको छ ।

बैठकमा तार टांगिएका सेवा प्रदायकहरुले जनशक्ति उपलब्ध गराउने र चन्द्रागिरि नगरपालिकाले तार व्यवस्थापनका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउने सहमति भएको नगरप्रमुखको सचिवालयले जनाएको छ।

तार व्यवस्थापनको कार्य पहिलो चरणमा नगरको राजमार्ग क्षेत्रमा हुनेछ भने क्रमश भित्री सडकहरूमा व्यवस्थापन हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *