अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा १२० जनाको मृत्यु, हजाराैं अंगभंग
थानकोट ।
अफगानिस्तानमा शनिबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १०० नाघेको छ। हालसम्म १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।
शनिबार हेरत प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।
भूकम्पका कारण कयौं घरहरु धवस्त भएका छन्। तीनवटा शक्तिशाली कम्पनी रेकर्ड भएको जनाइएको छ।
अहिले भूकम्प प्रभापित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।












