दोश्रो मातातीर्थ गोल्डकपः साबिक उपविजेता कुर्दनको विजयी सुरुवात, वाणस्थली एफसी ५-० ले स्तब्ध
थानकोट ।
शनिबारबाट चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा सुरु भएकाे दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा साबिक उपविजेता कुर्दन फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ ।
आइतबार सम्पन्न प्रतियोगिताकाे दोश्रो खेलमा कुर्दनले वाणस्थली फुटबल क्लबलाई ५-० ले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।
कुर्दनका लागि खेलको ११औं मिनेटमा विकास लामाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दिकेश कार्कीले खेलको ४० औं मिनेटमा गोल गर्दै कुर्दनको अग्रता दोब्बर पारेका थिए ।
दोश्रो हाफमा अविरल रिजालले व्यक्तिगत २ गोल तथा दावा लामाले १ गोल गरेपछि कुर्दनले वाणस्थलीमाथि ५-० को अग्रता बनाएको थियो ।
अब कुर्दनले दाेश्राे चरणमा असाेज २८ गते ढाक्सी प्रगतिशील क्लब र फारभीजन फुटबल क्लबबीचको विजेतासँग दोश्रो चरणमा प्रतिस्पर्धा गर्नेछ ।
यी दुईबीचकाे खेल भने आगामी मंगलबार दिउँसो १ बजे हुनेछ ।
प्रतियोगिता अन्तर्गत भाेलि सोमबार समतामुलक र सिद्धीकालीबीच दिउँसो २ बजे खेल सुरु हुनेछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे ३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।
फाइल फोटो












