दसैं तिहारका लागि यात्रुबसको अग्रिम टिकट बुकिङ आजबाट खुला

Thankot Times

थानकोट ।

दसैं तिहारका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । 

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ