समतामुलक फुटबल क्लब मातातीर्थ गोल्डको दोश्रो चरणमा, सिद्धिकाली १-० ले पराजित
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा समतामुलक फुटबल क्लबले विजयी सुरुवात गरेकाे छ ।
सोमबार सम्पन्न प्रतियोगिताकाे तेस्रो खेलमा समतामुलकले सिद्धिकाली फुटबल क्लबलाई १-० को साँघुरो गोलअन्तरले पराजित गर्यो । समतामुलकका लागि खेलको ७२औं मिनेटमा सनम तामाङले गरेको १ गोल नै खेल उसका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त रह्यो ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल हुनेछन् ।
जसअनुसार दिनको १ बजे ढाक्सी प्रगतिशील फुटबल क्लबले फार भीजन फुटबल क्लबको सामना गर्नेछ । यसैगरी अपरान्ह ३ बजे हुने दिनको दोश्रो तथा अन्तिम खेलमा गणेशमान स्मृति फुटबल क्लबले डी आर फुटबल क्लबको सामना गर्नेछ ।
३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ । प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।












