दोश्रो मातातीर्थ गोल्डकपः आज ब्लु-बेल र वीरआर ब्रदर्श तथा भकुण्डेचाैर र किसीपिडी युथ भिड्दै
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आज बिहीबार दुई खेल हुँदैछन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयाेजना गरेकाे प्रतियोगिता अन्तर्गत बिहीबार दिनको १ बजे भकुण्डेचाैर फुटबल क्बलले किसीपिडी युथ क्लबसँग स्पर्धा गर्नेछ ।
यसैगरी दोश्रो खेलमा दिनको ३ बजे ब्लुबेल एफसीले वीर आर ब्रदर्शको सामाना गर्नेछ ।
३ लाख रुपैयाँ राशिको प्रतियोगिताकाे फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगितामा विभिन्न १९ टाेलीले सहभागी जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलहरूमा क्रमश स्वतन्त्र युवा क्लब र स्टार इलाभेन क्लबले विजयी सुरुवात गरेका छन् ।
प्रतिकात्मक तस्बिर












