विश्वकप फुटबलको एसियाली छनोट: घरेलु मैदानमा नेपालले आज लाओससँग प्रतिस्पर्धा गर्ने

Thankot Times

थानकोट ।

घरेलु भूमीमा नेपालले आज फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत लाओससँग खेल्दैछ ।

खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

लाओससँगको खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ ।  फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *