इजरायलबाट फर्किन थप २ सय जना नेपालीले दिए निवेदन
थानकोट ।
इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।
यसैबीच इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् ।
तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो ।
तस्बीर : नेपाल न्युज एजेन्सी













