एसीसी मेन्स यू-१९ प्रिमियर कपः नेपाल र बहराइनबीचको खेल वर्षाका कारण टसमा ढिलाई (लाइभ)

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसीसी यू–१९ मेन्स प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ। आफ्नो पहिलो खेलमा इरान विरूद्ध सानदार जित दर्ता गरेको नेपाल आज पनि सुखद नतिजा निकाल्ने प्रयासमा रहनेछ ।

खेल बिहान नेपाली समय अनुसार अहिले बिहान सवा सात बजे सुरु हुने तालिका रहेको भएपनि वर्षाका कारण टस हुन सकेको छैन् ।खेल बायोमास ओभलमा हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनले हराएको थियो।  बहराइनले भने आफ्नो पहिलो खेलमा नै साउदी अरेबियासँग हार बेहोरिसकेको छ।​

प्रिमियर कपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। सबै समूहको शीर्षस्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। यही समूहको अर्को खेलमा इरानले साउदी अरेबियासँग खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *