घटस्थापनाको दिन बिहानै दुःखद खबर, स्कुटरचालक महिलाको मृत्यु, ठक्कर दिने सवारी फरार !

Thankot Times

थानकोट ।

एका विहानै स्कुटर दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डको जलिवरेमा आइतबार बिहानै सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार  नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०४६ प १६९२ नम्बरको स्कुटर इच्छाकामना गाउँपालिका वडा नं. ६ जलविरेनजिकै दुर्घटना हुँदा स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

कुनै सवारी साधनले ठक्कर दिएर दुर्घटना भएको हुनसक्ने भन्दै प्रहरीले अहिले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताएको छ ।

तस्बिरः विनोद श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ