दोश्रो मातातीर्थ गोल्डकपः आज क्वाटरफाइनलमा अन्तिम दुई खेल हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित बालागाउँ फुटबल मैदानमा जारी दाेश्राे मातातीर्थ गाेल्डकप फुटबल प्रतियोगितमा आज सोमबार प्रतियोगिताका अन्तिम ८ का दुई खेल हुने तालिका रहेको छ ।

यसअघि हिजो सम्पन्न खेलहरूमा जित हात पार्दै कुर्दन र सोल्टी नेपाल र कुर्दन प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत आज दिनको १ बजे स्टार ११ फुटबल क्लब र भकुण्डेचाैर तथा दोश्रो खेलमा दिउँसो ३ बजे ब्लुबेल फुटबल क्लब र स्वतन्त्र युवा क्लबबीच खेल हुनेछ ।

तीन लाख रूपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको फाइनल कार्तिक ३ गते हुने तालिका रहेको छ ।

प्रतियोगितामा १९ टोलीले सहभागिता जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *