दशैंका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने

Thankot Times

थानकोट ।

दशैंका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।

कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा आज बिहान काठमाडौं ल्याइने र आजैबाट बिक्री सुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले खसी, बोका र च्याङ्ग्रा वाग्मती प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्नेछ । कम्पनीले यसवर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ