पठाओ र इनड्राइभ अफलाइनमा चलाउने ८३ जना सवारी चालक पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

पठाओ र इन्ड्राइभ सेवाका नाममा काठमाडौंको विभिन्न ठाउँबाट अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ