फिफा विश्वकप-२०२६ छनोट: नेपाल दोश्रो चरणमा

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको छ।

दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो।

नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो।

उनले अञ्जन विष्टको पासमा खेलको ५३औं मिनेटमा गोल गरेका थिए।

यससँगै नेपाल समग्रमा २-१ ले अघि रहँदै दोस्रो चरणमा पुग्यो।

गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए।
अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ।

समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *