काठमाडाैंमा आजदेखि त्रिदेशीय क्रिकेट शृंखला, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दै
थानकोट ।
आजदेखि काठमाडाैंमा त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखला सुरु हुँदैछ ।
विश्वकप टी-२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।
शृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ ।
नेपालले कार्तिक २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।
नेपालले कात्तिक ६ मा पुनः यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।
शृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।
शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ ।
अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।












