छैठाैं नैकाप गोल्डकपः आज कार्की युथ र महादेव युथ तथा वाणस्थली र सेतीदेवीबीच खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी छैठाैं नैकाप गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछन् ।
प्रतियोगिताअन्तर्गत बुधबार दिनको पहिलो खेल पुल डी मा रहेका कार्की युथ क्लब र महादेव युथ क्लबबीच हुनेछ । यो खेल दिनको १ बजे सुरु हुनेछ ।
यसैगरी दोश्रो खेलमा दिउँसो ३ बजे पुल ए मा रहेका सेतीदेवी युवा क्लब र वाणस्थली युवा समुह प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा क्रमश विजयपुर युथ क्लब र गणेशमान स्मृति फुटबल क्लबले जित हात पारेका छन् ।
प्रतियोगिताका पहिलो चरणका खेलहरू कार्तिक ३ गते सम्पन्न हुनेछन् ।
२७ टोलीले सहभागिता जनाएको यस संस्करणको नैकाप गोल्डकपको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।













