१ वर्षमा अख्तियारमा चन्द्रागिरि नगरको ५२ वटा उजुरी, ४४ वटा फर्छ्याैट (भिडियो सहित)

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०७९/८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चन्द्रागिरि नगरपालिकासँग सम्बन्धित ५२ वटा उजुरी परेका छन् ।

ती मध्ये ४४ वटा उजुरी फर्छ्याैट भइसकेको नगरपालिकाले जनाएको छ।

मंगलबार साँझ ७:२५ बजे नेपाल टेलिभिजनमा प्रसारित सुशासन सवाल कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले सो जानकारी दिनुभएको हो । नगर क्षेत्रमा हुने गरेका विकास निर्माणका सन्दर्भमा बढी उजुरी परेको नगरप्रमुख गिरीले बताउनुभएको छ ।

सो सन्दर्भमा नगरउपप्रमुख बसन्ती श्रेष्ठले नगर अन्तर्गत सञ्चालित योजना, आयोजनाहरूको वास्तविकता जाँचका लागि विभिन्न टुल्स प्रयोग गरिएकोले स्थलगत अनुगमनसमेत प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

कार्य सम्पन्न पश्चात गुणस्तर, परिमाण लगायतका विषयमा समेत नगरले विशेष निगरानी गरिरहेको बताउँदै हुँदै चन्द्रागिरि नगरमा विकास निर्माणका क्रममा प्राविधिकहरूको निरन्तर निगरानी पुगिरहेकोले नगर क्षेत्रमा गुणस्तरहीन कार्य नभएको बताउनुभएको छ ।

भिडियो हेराैंः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ