नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यले जनही ५१ हजार रुपैयाँ पाउने

Thankot Times

थानकोट ।

फिफा विश्वकप-२०२६ को दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य जनही ५१ हजार ररुपैयाँ पुरस्कार पाउने भएका छन् ।

नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन र यमनविरुद्ध खेल्नेछ ।

दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले पहिलो चरणको दोस्रो लेग खेलेर फर्किएपछि टिमका सदस्यलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् ।

नेपाल पहिलो लेगमा लाओससँग १-१ को बराबरीमा रोकिएको थियो । तर, दोस्रो लेगमा उसैको घरमा लाओसलाई १-० ले हराएपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *