जिउँदो खसी र च्याङ्ग्रा किन्न बाँकी हुनेहरूका लागि खुसीको खबर, सरकारले घटायो मूल्य

Thankot Times

थानकोट । 

सरकारले भोलि शुक्रबारदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।

जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ । 

सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट प्रति किलो १२२५/- कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ