फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा, उपाधि पूर्व विजेता टिमले नै जित्ने

Thankot Times

थानकोट ।

फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार बिहान भएको अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो । यो खेलमा अर्जेन्टिना ३-१ गोल अन्तरले विजयी भयो ।

आइतबार बिहान क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड तथा इङ्ग्ल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा भएको थियो ।

यी प्रतिस्पर्धाबाट अर्जेन्टिना र स्विट्जरल्यान्ड सेमिफाइनलमा पुगकाे छन् ।

यसअघि बेल्जियमलाई हराएर स्पेन तथा मोरोक्कोलाई हराएर फ्रान्स सेमिफाइनलमा पुगेका थिए ।

अब सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणको फिफा विश्वकपको सेमीफाइनलमा पुगेका यी चारवटै टोलीले यसअघि कम्तीमा एकपटक विश्वकप जितिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *