नेकपा एमालेले कात्तिक १४ गते चियापान आयोजना गर्ने
थानकोट ।
नेकपा (एमाले) ले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्दै छ।
बडा दसैं, शुभ दीपावली, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वको शुभकामना दिनका लागि एमालेले चियापान राख्न लागेको हो।
कात्तिक १४ गते तृतीयाका दिन दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा चियापान कार्यक्रम आयोजना गरिएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
एमालेले प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कुटनीतिक नियोग, दातृ निकाय प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरूलाई बोलाउने तयारी गरेको छ।
एमालेले कोजाग्रत पूर्णिमा भोलिपल्ट चियापान आयोजना गर्ने गर्थ्यो। कोभिड–१९ का कारण केही वर्ष रोकिएको थियो।













